प्रश्नः सामाजिक द्वन्द्वका कारण र द्वन्द्व व्यवस्थापनका उपाय उल्लेख गर्नुहोस् ।

शाखा अधिकृत तेश्रो पत्र अन्तर्गत सामाजिक विवाद र द्वन्द्व शिर्षकमा आधारित

प्रश्नः सामाजिक द्वन्द्वका कारण र द्वन्द्व व्यवस्थापनका उपाय उल्लेख गर्नुहोस् ।    १०

विचार र सोचाइको  मतभिन्नता : सामाजिक द्वन्द्व

दुई वा दुईभन्दा बढी व्यक्तिबीचको असहमति वा मतभिन्नतालाई द्वन्द्व भनिन्छ । समाजमा रहेका व्यक्ति वा पक्षबीच हुने असहमति वा भिन्नता र मूल्य–मान्यता, लक्ष्य उद्देश्यबीच हुने संघर्ष र असहमति नै सामाजिक द्वन्द्व हो । झगडा, मनमुटाव, दुस्मनी, काटमार, हिंसा, लडाइँ, असहमति र विवादजस्ता कुरा द्वन्द्वका संकेत हुन् । गतिशील समाजमा द्वन्द्व नियमित रूपमा चलिरहन्छ । द्वन्द्वलाई यथास्थितिबाट अगाडि जाने उचित विकल्पका रूपमा समेत लिइन्छ ।

सामाजिक द्वन्द्वका कारण :

  • समाजमा रहेका स्रोत–साधनको असमान वितरण हुनु,
  • व्यक्तिको फरक विचार, स्वभाव र रुचि हुनु,
  • अवसरको समानुपातिक र वैज्ञानिक वितरण नहुनु,
  • अल्पसंख्यक र सीमान्तकृत वर्गबीचमा सामाजिक विभेद रहनु,
  • आर्थिक, राजनीतिक, धार्मिक, वैचारिक असहमति वा विविधता कायम हुनु,
  • सामाजिक संस्कार र मूल्य–मान्यताको पालना नहुनु,
  • एकले अर्कालाई विश्वास र सम्मान नगर्नु,
  • सामाजिक विकृति नियन्त्रण नहुनु,
  • सामाजिक विभेदजन्य व्यवहार कायमै रहनु,
  • सामाजिक कुरीति र अपराध बढ्नु,
  • समाजमा व्यापक मात्रामा बेरोजगारी रहनु,
  • समाजमा शिक्षा र चेतनाको अवसरमा वृद्धि हुन नसक्नु आदि ।

सामाजिक द्वन्द्व व्यवस्थापनाका उपाय :

  •  सामाजमा सम्मान र विश्वासको भावना विकास गर्ने,
  • चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने,
  • वर्गीय, जातीय र लैंगिक शोषणको अन्त्य गर्ने,
  •  समाजमा विद्यमान सामाजिक विभेद र असमानता हटाउने,
  • निर्णय प्रक्रियामा सरोकारवालालाई सक्रिय रूपमा सहभागी गराउने,
  • आपसी सहमति र सहकार्यको बाटो अवलम्बन गर्ने,
  • समाजमा उपलब्ध स्रोत–साधनको न्यायोचित वितरण गर्ने,
  • पर्याप्त मात्रामा रोजगारीको अवस्था सिर्जना गर्ने आदि ,

अन्त्यमा

सामाजिक द्वन्द्व समाजको समस्या मात्र होइन । यो समाज परिवर्तनको आधार पनि हो । त्यसैले यसलाई विनाशतर्फ होइन, विकासतर्फ लैजाने गरी अन्त्य गर्नुपर्छ । सामाजिक द्वन्द्वको प्रभावकारी व्यवस्थापनले समाजमा आमूल परिवर्तन भई सभ्य समाजको निर्माण हुन्छ । सबै जीवन्त समाजमा हुने द्वन्द्वलाई शक्तिका रूपमा रूपान्तरण गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो । 

सामाजिक विवाद र द्वन्द्व  (Social Dispute & Conflict)

सामाजिक विवाद र द्वन्द्वको बारेमा तयार पारिएको प्रिमियम नोट हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Chakrapani Bhandari

Hi, I’m Chakra, from Lumbini (Born place of Lord Buddha) Nepal. I am an administrative professional in Nepal with having "we can" attitude. If you have any queries relevant to the topic, drop a comment below.

Post a Comment

Previous Post Next Post