प्रश्नः सामाजिक द्वन्द्वका कारण र द्वन्द्व व्यवस्थापनका उपाय उल्लेख गर्नुहोस् ।

शाखा अधिकृत तेश्रो पत्र अन्तर्गत सामाजिक विवाद र द्वन्द्व शिर्षकमा आधारित

प्रश्नः सामाजिक द्वन्द्वका कारण र द्वन्द्व व्यवस्थापनका उपाय उल्लेख गर्नुहोस् ।    १०

विचार र सोचाइको  मतभिन्नता : सामाजिक द्वन्द्व

दुई वा दुईभन्दा बढी व्यक्तिबीचको असहमति वा मतभिन्नतालाई द्वन्द्व भनिन्छ। समाजमा रहेका व्यक्ति वा पक्षबीच हुने असहमति वा भिन्नता र मूल्यमान्यता, लक्ष्य उद्देश्यबीच हुने संघर्ष र असहमति नै सामाजिक द्वन्द्व हो। झगडा, मनमुटाव, दुस्मनी, काटमार, हिंसा, लडाइँ, असहमति र विवादजस्ता कुरा द्वन्द्वका संकेत हुन्। गतिशील समाजमा द्वन्द्व नियमित रूपमा चलिरहन्छ। द्वन्द्वलाई यथास्थितिबाट अगाडि जाने उचित विकल्पका रूपमा समेत लिइन्छ

सामाजिक द्वन्द्वका कारण :

  • समाजमा रहेका स्रोतसाधनको असमान वितरण हुनु,
  • व्यक्तिको फरक विचार, स्वभाव र रुचि हुनु,
  • अवसरको समानुपातिक र वैज्ञानिक वितरण नहुनु,
  • अल्पसंख्यक र सीमान्तकृत वर्गबीचमा सामाजिक विभेद रहनु,
  • आर्थिक, राजनीतिक, धार्मिक, वैचारिक असहमति वा विविधता कायम हुनु,
  • सामाजिक संस्कार र मूल्यमान्यताको पालना नहुनु,
  • एकले अर्कालाई विश्वास र सम्मान नगर्नु,
  • सामाजिक विकृति नियन्त्रण नहुनु,
  • सामाजिक विभेदजन्य व्यवहार कायमै रहनु,
  • सामाजिक कुरीति र अपराध बढ्नु,
  • समाजमा व्यापक मात्रामा बेरोजगारी रहनु,
  • समाजमा शिक्षा र चेतनाको अवसरमा वृद्धि हुन नसक्नु आदि

सामाजिक द्वन्द्व व्यवस्थापनाका उपाय :

  •  सामाजमा सम्मान र विश्वासको भावना विकास गर्ने,
  • चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने,
  • वर्गीय, जातीय र लैंगिक शोषणको अन्त्य गर्ने,
  •  समाजमा विद्यमान सामाजिक विभेद र असमानता हटाउने,
  • निर्णय प्रक्रियामा सरोकारवालालाई सक्रिय रूपमा सहभागी गराउने,
  • आपसी सहमति र सहकार्यको बाटो अवलम्बन गर्ने,
  • समाजमा उपलब्ध स्रोतसाधनको न्यायोचित वितरण गर्ने,
  • पर्याप्त मात्रामा रोजगारीको अवस्था सिर्जना गर्ने आदि,

अन्त्यमा

सामाजिक द्वन्द्व समाजको समस्या मात्र होइन। यो समाज परिवर्तनको आधार पनि हो। त्यसैले यसलाई विनाशतर्फ होइन, विकासतर्फ लैजाने गरी अन्त्य गर्नुपर्छ। सामाजिक द्वन्द्वको प्रभावकारी व्यवस्थापनले समाजमा आमूल परिवर्तन भई सभ्य समाजको निर्माण हुन्छ। सबै जीवन्त समाजमा हुने द्वन्द्वलाई शक्तिका रूपमा रूपान्तरण गर्दै अगाडि बढ्नु आजको आवश्यकता हो। 

सामाजिक विवाद र द्वन्द्व  (Social Dispute & Conflict)

सामाजिक विवाद र द्वन्द्वको बारेमा तयार पारिएको प्रिमियम नोट हेर्न यहाँ क्लिक गर्नुहोस्

Chakrapani Bhandari

Hi, I’m Chakra, from Lumbini (Born place of Lord Buddha) Nepal. I am an administrative professional (Officer) in Nepal with having "we can" attitude. If you have any queries relevant to the topic, drop a comment below.

Post a Comment

Previous Post Next Post