प्रश्न नं:१. शासनका आधारभूत पक्षहरु के-के हुन्? शासनको अवधारणा र यसका विशेषताहरु उल्लेख गर्नुहोस् ।
उत्तर : शासनको अवधारणा
- सामान्य अर्थमा राज्यसंचालनका क्रममा सरकारले जे गर्दछ, त्यो नै शासन हो । राज्य संचालन गर्ने क्रममा सरकारले अपनाउने विधी, प्रक्रिया, मापदण्ड र कार्यशैलीको समग्रतालाई शासन भनिन्छ।
- शाब्दिक रुपमा ग्रीक भाषाको Kobernao शब्दबाट आएको शासन (governance) शब्दको अर्थ राज्य प्रणाली र स्रोतसाधनको “परिचालन र दिशानिर्देश गर्नु” भन्ने बुझिन्छ ।
- परम्परागत मान्यतामा शासन राज्यको भयशक्तिको प्रयोग गर्दै नागरिकहरुलाई आफूप्रति बफादार राख्दै नियन्त्रण र निर्देशन गर्ने प्रणालीका रुपमा बुझिन्थ्यो । आधुनिक राज्यप्रणालीमा शासन शब्दले नागरिक प्रतिनिधीहरुद्वारा जनहितका लागि सर्वजनिक स्रोतहरुको परिचालन, सार्वजनिक मामिलाहरुको ब्यवस्थापन क्रियाकलापहरुलाई समेट्दछ ।
- समग्रमा राज्यको नियमन गर्ने, ब्यवस्थापन गर्ने, जनहितका लागि जनपरिचालन र सेवाप्रवाह गर्ने सरकारका तिनवटै अंगहरुको कार्यप्रणालीको एकिकृत र ब्यवहारिक रुप नै शासन हो ।
शासनका आधारभूत
पक्षहरु
शासन प्रणालीका अभिन्न अंगका रुपमा रहेका विविध
पक्षहरुलाई शासनका आधारभूत पक्षका रुपमा लिईन्छ ।
मुख्य पक्षहरु बुँदागत रुपमा यसप्रकार छन्:–
नागरिक सर्वोच्चता:– नागरिकहरु नै राज्यका सर्वोच्च शक्ति भएकोले
शासन उनीहरुको इच्छामा मात्र संचालन हुन सक्दछ । साथै नागरिक हक अधिकारको
प्रत्याभूति शासन प्रणालीको आधारभूत पक्षका रुपमा रहेको हुन्छ ।
शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलन:– शासन सरकारका अंगहरुमा कार्यविभाजन भई संचालन
हुने र हरेक अंगका परिभाषीत अधिकार अन्र्तगत संचालन हुने गर्दछ । साथै, अंगहरुवीचमा संविधान र कानसनद्वारा नै नियन्त्रण
र सन्तुलनको ब्यवस्था मिलाईएको हुन्छ ।
कानुनको शासन:– कानुनलाई आत्मसात गर्दै शासन संचालन गरिने
भएकोले कानुनको पालना र प्रयोग शासनको महत्वपूर्ण पक्ष हो ।
बहुपात्र, समन्वय र वहुपक्षीय सम्बन्ध:– शासन प्रणालीको अभिन्न पक्षका रुपमा राज्य
वाहेकका राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्षेत्रका पात्रहरुसंगको समन्वय
तथा सुमधुर सम्बन्ध र सहकार्य रहेको हुन्छ ।
दुरदृष्ट्रियुक्त कार्यशैली:– शासनले राज्यसंचालन संगसंगै राज्यको गन्तब्य
समेत निर्धारण गर्ने भएकोले शासनले दुरदृष्टियुक्त कार्यशैली तय गरेको हुन्छ ।
यसका साथै सार्वजनिक सेवा प्रवाह, सामाजिक उत्तरदायित्व, लोकतन्त्र र सुशासन, शान्तिसुरक्षा र अमनचयन आदि जस्ता पक्षहरुसमेत
शासनका आधारभूत पक्षका रुपमा रहेका हुन्छन्
शासनका विशेषताहरु
शासन वा शासन प्रणालीका मुख्य विशेषताहरु
निम्नानुसार उल्लेख गर्न सकिन्छ:–
- शासन राज्यशक्तिको प्रयोग गर्ने वैधानिक र जीवन्त अंग सरकार र यसका अंगहरु मार्फत संचालन गरिन्छ ।
- सार्वभौमसत्ता सम्पन्न नागरिक प्रतिनिधिद्वारा नागरिक सर्वोच्चता र हित अनुकुल सावधानीपूर्वक शासनको अभ्यास गरिन्छ ।
- शासन राज्यको अस्त्तिव संगै निरन्तर चलिरहने प्रणाली हो ।
- राज्य प्रणालीको जीवित मस्तिष्क, आत्मा र नेतृत्वको रुपमा शासन रहेको हुन्छ ।
- शासन बहुक्षेत्र, वहुपात्र र वहुविधासंग सरोकार राख्ने वहुल उद्धेश्य र अपेक्षाहरु भएको विषय हो ।
- शासनको कार्यक्षेत्र राज्यको क्षेत्र, दायरा र शक्तिसंग जोडिएको हुन्छ ।
यसप्रकार शासन सरकारको गुण, राज्यको आदर्श त्तव र राज्यशक्तिको प्रयोग गर्ने शैलीका रुपमा उल्लेखित आधारभूत पक्ष र विशेषतायुक्त प्रणालीका रुपमा रहेको हुन्छ ।
प्रश्न नं : २. सुशासनका विभिन्न पक्षहरु उल्लेख
गर्दै नेपालको शासन ब्यवस्थालाई ती पक्षहरुको आधारमा विश्लेषण गर्नुहोस्
प्रश्न नं:३ शासनको राजनैतिक तथा प्रशासनिक
संरचनाबारेमा चर्चा गर्नुहोस् ।
- केन्द्रीय राज्य व्यवस्था र केन्द्र नै शक्तिशाली हुने ब्यवस्था ।
- केन्द्रीय नीति,योजना लागू हुने ।
- राजनैतिक क्षेत्रमा समेत केन्द्रीय प्रभाव ।
- केन्द्रीय सरकार र केन्द्रको मात्र संसद ।
- केन्द्रीय प्रशासन र केन्द्रका संबैधानिक निकायले नै देशभर कार्य गर्ने ।
- राज्यमा विभिन्न प्रदेश रहने ।
- केन्द्र, प्रदेश, स्थानीय निकायको संरचना हुने ।
- प्रदेश र स्थानीय स्तरमा बढी अधिकार हुने ।
- प्रदेशमा कार्यकारिणी, व्यवस्थापकीय, न्यायिक अधिकारको विभाजन हुने,
- प्रादेशिक भाषा, प्रशासन र संबैधानिक निकाय रहन सक्ने ।
प्रश्न नं: ४ सूचनाको हक भन्नाले के बुझ्नुहुन्छ ?अन्तरिम संविधान २०६३ मा व्यवस्था गरिएको
सूचनाको हकको कार्यान्वयनको अवस्था कस्तो रहेको पाउनुहन्छ ? उल्लेख गर्नुहोस् ।
- सूचनाको हक सम्बन्धी ऐन २०६४ तर्जुमा गरी लागु गरिएको छ ।
- सूचना आयोग स्थापना गरी संचालनमा आएको, (प्रमुख सूचना आयुक्त र अन्य दुई आयुक्तहरूको व्यवस्था)
- सरकारका महत्वपूर्ण निर्णयहरू नेपाल राजपत्रमा प्रकाशन गर्ने व्यवस्था,
- सूचना अधिकारीहरूको व्यवस्था गरिएको छ ।
- मन्त्रालयहरूमा प्रवक्ताको व्यवस्था गरिएको छ ।
- सार्वजनिक संचार माध्यमहरू मार्फत निर्णयहरू÷कार्यहरू सार्वजनिक गरिने गरिएको जस्तो सरकारी संचार माध्यमको रूपमा रहेका गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन मार्फत सार्वजनिक जानकारी गराइने,
- सरकारी कार्यको प्रगति प्रतिवेदन सार्वजनिक गरिने,
प्रश्न नं:५ पारदर्शिता र सार्वजनिक जवाफदेहिता
बीच के कस्तो सम्वन्ध रहेको पाउनुहुन्छ ? नेपालमा सार्वजनिक जवाफदेहितालाई व्यवस्थित गर्न
के कस्तो व्यवस्था गरिएकोछ ? उल्लेख गर्नुहोस ।
- पारदर्शिताले सार्वजनिक जवाफदेहितालाई मजबुत बनाउँछ । सार्वजनिक जवाफदेहिताको पहिलो चरण नागरिकहरूलाई सूचनामा स्वतन्त्र रूपमा पहुँच पु¥याउनु नै हो ।
- पारदर्शिताले सार्वजनिक साधन स्रोतको प्रयोगको अवस्था देखाउछ जसले गर्दा जिम्मेबारी पदाधिकारीसँग जवाफ माग्ने आधार तयार गर्छ ।
- सार्वजनिक पदाधिकारीहरूले सूचना दिने कार्यवाट स्वभाविक रूपमा जवाफदेहि पनि हुन्छन ।
- जेहोस् सबै सूचना पारदर्शी बनाउनु मात्र सार्वजनिक जवाफदेहिता होइन, जोगाउनु पर्ने, गोपनियता राख्नु पर्ने र परेको समयमा पस्किन सक्नुपर्ने पनि सार्वजनिक जवाफदेहिताको विषय हो । जस्तो प्रहरी प्रधान कार्यालयले अपराधीहरूको खोजबिन गरेको घटना पारदर्शी हुनु होइन कि त्यसलाई गोप्य राखी आवश्यक पर्दा जानकारी गराउनु सार्वजनिक जवाफदेहिता हो ।
- मन्त्रिपरिषदः संसदप्रति उत्तरदायित्व हुने,
- संवैधानिक निकायले संसद समक्ष प्रतिवेदन दिनुपर्ने,
- सरकारका नीति कार्यक्रम र विगतको कार्यक्रमको समीक्षा संसदमा हुने,
- स्थानीय निकायमा स्थानीय परिषद समक्ष जानकारी दिनुपर्ने व्यवस्था,
- नियामक निकाय संचालन सम्बन्धी ऐन कानुनहरू,
- सूचनाको हक सम्बन्धी ऐन,
- सुशासन ऐन, आदिको व्यवस्था छ ।
- व्यवस्थापिका संसद,जनउत्तरदायी निकाय,सरकारलाई उत्तरदायी बनाउने माध्यम,
- प्रधानमन्त्री कार्यालय,अन्य निकायलाई जवाफदेही बनाउने भूमीका,
- अन्तरगत निकायहरूको लागि माथिल्लो निकायहरूको नियन्त्रण,
- प्रतिवेदन प्रणाली,
- लेखा परीक्षण प्रणालीको माध्यमबाट सम्बमबाट सम्बन्धित निकायलाई जिम्मेवार बनाउने ।
- नागरिक समाज, गैर सरकारी संस्था आदिको अनुगमन,
- FATF को निगरानी, UN Agencies को अनुगमन,
- WTO लगायतका निकायसँग समेत जवाफदेही हुनुपर्ने अवस्था आदि ।
प्रश्न नं: ६ राष्ट्र निर्माण भनेको के हो? राष्ट्र निर्माण र राज्य निर्माण वीच केकस्तो
फरक तथा अन्तर सम्बन्ध रहेको पाउनु हुन्छ चर्चा गर्नुहोस ।
भिन्नताको आधार |
राष्ट्र निर्माण |
राज्य निर्माण |
अर्थ |
सवै जात जाति,भाषा,धर्मवीच
अन्तरसम्बन्ध स्थापित गर्नु, |
मुलुक लाई आर्थिक, सामाजिक, राजनैतिक, सास्कृतिक
लगायत मानविय जीवनका सम्पुर्ण पक्षमा सुधारगरि सम्वृद्धिको दिशा तर्फ अगाडी
वढाउनु |
क्षेत्र |
यसको क्षेत्र व्यापक र मनोभावनात्मक हुन्छ । |
राष्ट्रिय सीमा भित्र रहेको हुन्छ । |
तत्वहरू |
भौगोलिक सिमाना जनसंख्या,सरकार र
सार्वभौम सत्ता जस्ता बिषयले नियन्त्रण गर्दैन । |
भौगोलिक सिमाना जनसंख्या, सरकार र
सार्वभौम सत्ता जस्ता तत्व हरू आवश्यक रहने । |
अनुभूति |
आपसी सहकार्यात्मक भावना, |
राजनैतिक, कानुनी, आर्थिक
सम्बन्ध । |
मान्यता |
अन्तराष्ट्रिय मान्यता आवश्यक छैन। |
अन्तराष्ट्रिय मान्यता आवश्यक छ । |
अन्तर सम्वन्ध:
- राष्ट्र र राज्य निर्माण दुवै शासकीय प्रणाली तथा देशको अस्तित्व कायम र प्रवर्द्धन गर्ने आधारभूत पक्षहरू हुन ।
- यी दुवै मध्ये एकको सक्षमता प्रवर्दनले अर्कोको सवलतालाई वढोत्तरी गर्दछ ।
- एकविना अर्कोको अस्तित्व खतरामा पर्छ ।
- राष्ट्रिय भावले ओत प्रोत भएको जनता दुवैको लागि आवश्यक हुन्छ ।
- राष्ट्र निर्माण आन्तरिक प्रयास भएकोले राज्य संयन्त्रको प्रवद्र्धनद्वारा मात्र सम्भव हुन्छ ।
- राष्ट्रिय भावनाको प्रबद्र्धनले राज्यको विकासमा सहयोग गर्दछ ।
प्रश्न नं: ७ राष्ट्र निर्माणका लागि नेपालमा
भएका प्रयासहरू उल्लेख गर्दै राष्ट्र निर्माणका सन्बन्धमा देखा परेका चुनौतीहरू
बारेमा संक्षिप्त टिप्पणी गर्नुहोस ।
- नेपालको एकिकरण सँगै जातिय, भाषिक आत्मियताको वृद्धि भएको,
- संविधानमा नै राष्ट्र भनेको जनताकै हो भन्ने स्पष्ट पारिएको,
- जनताको लागि लड्ने, त्याग गर्नेको सम्मान, शहिद घोषणा, राष्ट्रिय विभुतीहरूको घोषणा र सम्मान,
- विभिन्न चाड पर्व, भाषाभाषि, जातजाति आदिलाई राष्ट्रिय मान्यता,
- नेपाल एक वहुजातिय, बहुभाषिय स्वतन्त्र राष्ट्रको रूपमा संवैधानिक प्रत्याभूती ।
- राष्ट्रिय चिन्हहरू,राष्ट्रिय गान, राष्ट्रिय दिवस लगायत राष्ट्रको महत्व र आत्म सम्मान झल्किने कुराहरूलाई ब्यवस्थित गरिएको छ ।
- नागरिकता र परिचयपत्र जस्ता विषयमा विवाद सिर्जना हुनु ।
- जातीय,भाषिक,धार्मिक विवादहरू रहनु ।
- सांस्कृतिक पलायन र आयातित संस्कृतिको अन्ध अनुकरण,
- भाषिक विचलनको अवस्था,
- सामाजिक सम्बन्धमा मनोवैज्ञानिक द्वन्द्व रहनु ।
- वास्तविक सहिदको अपमान हुने गरी जथाभावी सहिद घोषणा,राष्ट्रिय झण्डाको दुरूपयोग र विवाद,
- ऐतिहासिक शालिक,मठ मन्दिर र धरोहर उपर प्रहार, आदिले राष्ट्र निर्माणको पक्षलाई कमजोर बनाएका छन् ।
प्रश्न नं. ८ नेपालको शासन प्रणालीका सन्दर्भमा
उल्लेख गर्दै संघात्मक र एकात्मक शासन प्रणाली वीचका भिन्नताहरू औल्याउनुहोस् ।
एकात्मक शासन प्रणाली |
संघात्मक शासन प्रणाली |
** केन्द्रीय नीति कानुन
योजना अनुसार संचालन हुने |
** विभिन्न प्रान्तीय
राज्यलाई अधिकार दिईने, |
प्रश्न नं ९: नेपालको शासन प्रणालीमा प्रशासनिक
निकायहरूलाई कसरी उत्तरदायी बनाउन खोजिएको छ,उल्लेख गर्दै थप सुधारका लागि सुझाव दिनुहोस् ।
- राज्यको दायित्व अन्तर्गत भ्रष्टाचार र दण्डहिनताको अन्त्य गर्दै सुशासन कायम गर्ने सरकारी लाभको पदमा रही गैर कानुनी सम्पत्ति आर्जन गर्ने उपर कडा कारवाही गर्ने व्यवस्था ,
- प्र.म.र अन्य मन्त्रीहरू सामूहिक रूपमा व्यव्स्थापिका संसद प्रति र मन्त्रीहरू आफ्ना मन्त्रालयका कामका सम्वन्धमा व्यक्तिगत रूपमा प्र.म.र व्यवस्थापिका संसद प्रति उत्तरदायि हुनुपर्ने व्यवस्था गरिएको,
- निजामती सेवालाई बढी सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउने उद्देश्य,
- कर्मचारीको आचरण सम्बन्धी व्यवस्था,
- कर्मचारी आफ्ना कार्यका सम्बन्धमा सुपरिवेक्षक समक्ष उत्तरदायी हुने,
- व्यवस्थापन परीक्षणको व्यवस्था,
- विभागिय प्रमुख र कार्यालय प्रमुखहरूले आफु मातहतका कार्यालयहरूको निरीक्षण, अनुगमन गर्नुपर्ने व्यवस्था आदि ,
- प्रचलित कानुन बमोजिम आफूले गर्नुपर्ने कार्य निर्धारित शर्त र अवधिभित्र सम्पादन गर्नुपर्ने,
- नागरिक वडापत्र सम्बन्धि व्यवस्था,
- सार्वजनिक सुनुवाई सम्बन्धि व्यवस्था,
- विभिन्न निकायहरूको स्थापना प्रशासनिक उत्तरदायित्व निर्वाहका लागि नै गरिएको,
- कार्यालयहरूमा Focal point, Nodal officer आदिको व्यवस्था ,
- भ्रष्ट्राचार र अनुचित कार्य नियन्त्रणका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सक्रियता बढेको ।
- संसदीय समितिहरूले विभिन्न मन्त्रालयका कार्यलाई जवाफदेही बनाउन निर्देशित गर्ने ।
- अन्य ब्यवस्थाहरूःप्रेस–संचार जगत ,दातृ निकाय आदि ।
- सार्वजनिक कार्यमा जनताको पहुँच बढाउने(सचेतना कार्यक्रम,स्थानीय निर्वाचन,तल्लो तहसम्म बिकेन्द्रीकरण आदि जस्ता माध्यम हुन सक्छन)
- जनताको स्तरवाट अनुगमन मूल्यांकनमा सहभागि हुने अवस्थाको सिर्जना गर्ने,
- प्रशासनिक कार्यक्रमको जनस्तरवाट अनुमोदनको संरचना निर्माण गर्ने,
- स्थानीय आवश्यकता र समस्यालाई कार्यक्रममा प्राथमिकता दिने जस्ले गर्दा स्थानीय पहुँच र सहयोग निर्माणमा सहयोग मिलि जवाफदेहितालाई मद्दत गर्दछ ।
- जनस्तरमा नै थाहा पाउने गरी सरकारी कार्यमा Transparency कायम गर्ने, पारदर्शी निर्णय प्रकृया अनलम्वन गर्नु पर्ने,
- राजनैतिक इच्छाशक्ति र प्रतिवद्धता बिकास गरिनु पर्छ,
- सचेत नागरिक समाजको विकास गरिनुपर्ने,
- प्रभावकारी छानविन तथा अनुसन्धान व्यवस्था लागु गर्ने,
- आधुनिक लेखाप्रणाली, लेखापरीक्षण र वित्तीय योजना लागु गर्ने,
- खुला सूचना प्रणाली अवलम्बन गर्ने, कार्यमा पारदर्शीता, खर्चमा मितव्ययिता, वितरणमा समानता, धारणमा परिवर्तनका साथसाथै प्रशासनिक कटिवद्धता,राजनैतिक प्रतिवद्धता, श्रोत–साधनको पर्याप्तता र सचेत नागरिक समाजको विकास भएमा प्रशासनिक उत्तरदायित्व अभिवृद्धि हुने कुरामा सुनिश्चित हुन सकिन्छ।
प्रश्न नं :१० राष्ट्रिय सुरक्षाको अवधारणा, क्षेत्र र नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान
प्रावधानहरू बारेमा चर्चा गर्नुहोस ।
- नेपालको अन्तरिम संविधान २०६३ ले शान्ति सुरक्षा कायम गरी समाजमा सम्मानपूर्वक जीवनयापन गर्न जोड दिएको ।
- चालु आवधिक त्रिवर्षीय योजना (२०७०।७१ – ०७२।७३) ले आन्तरिक र वाह्य सुरक्षा प्रणालीमा सुधार ल्याउने उद्घोष गरेको,
- चालु आ.व. २०७०।७१ को बजेटमा शान्ति सुव्यवस्थालाई मजबुत बनाउन जोड दिइएको,
- विश्व सुरक्षा (Global Security) लाई जोड दिइएको ।
- नागरिकहरूको जीउ, धन र स्वतन्त्रताको सुरक्षामा सरकारले जोड दिने गरेको ।
- प्रधानमन्त्रीको अध्यक्षतामा संवैधानिक सुरक्षा परिषद्को व्यवस्था,
- केन्द्रिय सुरक्षा समिति (गृहमन्त्रिको अध्यक्षतामा), र जिल्ला सुरक्षा समिति (प्र.जि.अ.को अध्यक्षतामा) रहने व्यवस्था,
- नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनालाई ७५ जिल्लामा आन्तरिक र वाह्य सुरक्षा सम्बन्धी जिम्मेवारी पुरा गर्नका लागि व्यवस्था गरिएको ।
- अपराधिक क्रियाकलापको अनुसन्धानको लागि राष्ट्रिय अनुसन्धान विभाग र अन्तर्गतका निकायहरूको व्यवस्था रहेको,
- लागु औषध नियन्त्रण, मानव बेचविखन नियन्त्रण आदिको लागि संस्थागत व्यवस्था रहेको ।
- राष्ट्रिय सुरक्षा व्यवस्थापनका लागि सम्बन्धित निकायले कार्य जिम्मेवारी अनुरूप कार्य सम्पादन गर्ने व्यवस्था रहेको,
- राष्ट्रिय सुरक्षा सम्बन्धमा अन्तर निकायगत समन्वय र समय समयमा छलफल हुने गरेको,
- अपराधिक क्रियाकलाप नियन्त्रणका लागि न्यायिक निकाय मार्फत दण्ड, सजाय तथा पुरस्कार प्रणालीलाई अनाइएको,
- अन्तर्राष्ट्रिय अपराध, सीमाक्षेत्रका अपराधलाई नियन्त्रण गर्न विश्वव्यापी रूपमा समन्वय कायम गरी सूचना प्रणालीलाई व्यवस्थित गर्ने प्रयत्न गरिएको,
- धार्मिक, जातीय, लिङ्गीय रूपमा उत्पन्न अपराधका सम्बन्धमा आम नागरिकहरूका वीचमा सचेतनामूलक कार्यक्रमहरू संचालन गर्ने गरिएको,
- साना हातहतियार व्यवस्थापन सम्बन्धी कार्यवीधिको व्यवस्था ।
प्रश्न नं: ११ वहुस्तरीय शासन भन्नाले के
बुझ्नुहुन्छ ? अनौपचारिक शासनका पात्रहरू र ती पात्रहरूद्वारा
सिर्जीत चुनौतीहरू के के हुन् ? उल्लेख गर्नुहोस ।
- आन्तरिक राजनीतिमा दबाब,
- सरकारको प्राथमिकताले महत्व नपाउने अवस्था सिर्जना (नीति, योजना र कार्यक्रममा प्रभाव)
- विभिन्न अन्तराष्ट्रिय सम्झौताका लागि दवाव हुने गरेको ।
- आन्तरिक भर्ना नियुक्ति पदस्थापना समेत दवाब पर्ने गरेको ।
- सार्वभौमिकतामा असर पुगेको ।
प्रश्न नं: १२ संयुक्त राष्ट्र संघ र आवद्ध
संस्थाहरूको नेपालको शासन व्यवस्थामा के कस्तो प्रभाव (सकारात्मक/नकारात्मक )
रहेको पाउनुहुन्छ ? नेपालको शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय
संस्था तथा वैदेशिक सहयोग बारेमा उल्लेख गर्नुहोस ।
- UNO ले अन्तराष्ट्रिय शान्ति स्थापनामा खेलेको महत्वपूर्ण भूमीकाबाट नेपालले लाभ लिएको छ । बिकसित तथा बलिया राष्ट्र«ले शासनमा गर्न सक्ने प्रत्यक्ष आक्रमणबाट जोगाएको छ ।
- आन्तरिक द्वन्द समाधान÷ब्यवस्थापनमा सहयोग प्राप्त भएको छ । जस्तो अनमिनको सहयोग ।
- नागरिक अधिकार,मौलिक हक र मानवाधिकारका पक्षमा आवाज उठाउने गरेको छ ।
- अन्तराष्ट्रिय सन्धि सम्झौताको पालनामा कुनै अवरोध भएमा अन्तराष्ट्रिय न्यायालय मार्फत न्याय दिलाउने कार्य गरेको छ ।
- आर्थिक सामाजिक बिकासका लागि UNDP, World Bank, IDA आदि संस्था मार्फत कार्य गरिरहेको छ । नकारात्मक प्रभावः
- अनावश्यक दवावको सिर्जना गराएको छ ।
- शक्ति राष्ट्रकै आडमा बिकास गतिबिधि संचालन गरिएको आरोप लाग्ने गरेको छ ।
- विकसित देशको तुलनामा नेपाल जस्ता बिकासशील देशलाई हेर्ने दृष्ट्रिकोण फरक रहेको जनगुनासो छ ।
- नेपालको आफ्नो प्राथमिकता र आवश्यकतामा नभै UNO को आफ्नै प्राथमिकतामा कार्यसंचालन गरेको आरोप लाग्ने गरेको छ ।
- पछिल्लो सम्मको शान्ति प्रक्रियामा अनमिनको सहयोग उल्लेखनिय रहेको,
- हतियार व्यवस्थापनमा र आम निर्वाचनमा विभिन्न देशहरूको सहयोग प्राप्त भएको,
- नेपालको बिकास प्रक्रियामा सहयोग,
- विभिन्न मानवीय सहयोगहरू प्राप्त भएका छन् ।
प्रश्नः १३ नेपालको सन्दर्भमा राष्ट्रिय सूरक्षा
सम्बन्धमा देखा परेका चुनौतीहरू,समाधानार्थ गरिएका प्रयासहरू,अवलम्बन गर्नु पर्ने थप उपायहरू वारेमा उल्लेख
गर्नुहोस ।
राष्ट्रिय सुरक्षा ब्यवस्थापनमा देखा परेका
चुनौतीहरूः
- लामो समयदेखिको आन्तरिक द्वन्द्वको अवस्थालाई दिगो शान्तिमा रूपान्तरण गर्नु,
- जातिय,वर्गिय,लैंगिक समस्यालाई राष्ट्रिय सुरक्षाको पक्षसंग तालमेल हुने गरी समाधान गर्नु,
- बाह्य हस्तक्षेप, सीमा अतिक्रमण जस्ता विषयलाई सहमतीमा टुंगोमा पु¥याउनु,
- धार्मिक संप्रदाय र क्षेत्रको आडमा हुनसक्ने बिवाद र सामाजिक द्वन्द्वलाई (Win-Win) मोडलमा समाधान गर्नु ।
- विश्वब्यापि रूपमा बढ्दै गएको शक्ति संघर्ष वाट राष्ट्रलाई सुरक्षित राख्नु ।
- साइवर अपराध नियन्त्रण गरी साइवर आक्रमणको खतरावाट बच्न जोखिम केन्द्रीत रणनीति र कार्यनीति निर्माण गर्नु
- जलवायु परिवर्तनबाट सिर्जना हुन सक्ने ताल विष्फोट,हिउँपहिरो आदिबाट सूरक्षामा चुनौती सिर्जना भएको आदि जस्ता चुनौतिहरू विद्यमान रहेका छन्
चुनौती समाधानका लागि गरिएका प्रयासहरूः
- नेपालको सुरक्षा ब्यवस्थापनका लागि विभिन्न नीतिगत र संस्थागत प्राबधान राखिएको जस्तैः—
- संबिधानमा नै राष्ट्रिय सुरक्षा परिषद,नेपाली सेना लगायतका सुरक्षा निकायका ब्यवस्था, संकटकालिन अधिकार,बिशिष्ट अवस्थामा बजेट ब्यवस्थाका लागि उधारो खर्च आदिको ब्यवस्था गरिएको छ ।
- स्थानीय प्रशासन ऐन, संगठित अपराध नियन्त्रण ऐन, लागू औषध नियन्त्रण ऐन, सुपुर्दगि ऐन आदि कानुन मार्फत सुरक्षा ब्यवस्थालाई नियमन तथा अपराध नियन्त्रणका कार्य गरिएको ।
- सूरक्षाका बिभिन्न निकायहरू जस्तो नेपाली सेना,जनपद प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान बिभाग आदि मार्फत सूरक्षा कार्यमा समन्वयात्मक प्रयास गरिएको ।
- राष्ट्रिय सुरक्षालाई अन्तराष्ट्रिय सुरक्षा चासो मुताविक बिश्व शान्ति, पञ्चशीलका सिद्धान्तको पालना,संयुक्त राष्ट्र संघका मान्यताहरूको परिपालना आदि कार्य गरिएको ।
- क्षेत्रीय संगठनहरू SAARC, BIMSTEC आदिका फोरममा समेत आतंवाद नियन्त्रण, निशस्त्रिकरणमा मुद्दा उठाएको ।
- मानव वेचविखन नियन्त्रण, लागू औषध नियन्त्रणमा विश्वव्यापी साझेदारी ।
- सीमा विवाद, खुला सीमाका कारण हुने अपराध नियन्त्रण आदिका छिमेकी राष्ट्रसँग बहस, पैरवी र वार्ता गरिएको ।
- राष्ट्रिय महत्वका सूचनालाई भैपरी आउने दुर्घटनावाट सुरक्षित राख्ने उद्धेश्यले हेटौडामा Data Backup Centerनिर्माणका लागि तयारी गरिएको । आदि जस्ता महत्वपूर्ण प्रयासहरू भएका छन् ।
- खुला सीमाका कारण आईपर्ने मानव बेचविखन, आतंकबाद, सीमा अतिक्रमणलाई नियन्त्रण गर्न छिमेकी राष्ट्रसँग समन्वयात्मक पहल गरी सीमा सुरक्षा बल, सीमा सम्मको पुनर्निमाण, अपराधी सुपुर्दगीमा कडाई आदि गरिनुपर्छ ।
- सुरक्षा अंगहरूमा स्पष्ट कार्य क्षेत्र निर्धारण गरी राष्ट्रिय सुरक्षाका विषयमा समन्वयात्मक प्रयास गर्ने ।
- राष्ट्रिय अनुसन्धान विभाग लगायतका सुरक्षा अंगहरूलाई स्रोत, साधन, जनशक्ति र प्रविधिले युुक्त गराई आधुनिक प्रविधि मार्फत हुनसक्ने अपराधको नियन्त्रणमा लगाउनु पर्ने ।
- राष्ट्रिय सुरक्षा चासो तथा राष्ट्रिय सुरक्षा नीतिमा सहमति र प्रतिवद्धता जनाउने । आदि
प्रश्नः १४ शासनका प्रमुख आयामहरू के के हुन् ? नेपालको समकालीन शासन प्रणालीका चुनौतीहरूबारे
चर्चा गर्दै समाधानका उपायहरू समेत चर्चा गर्नुहोस् ।
- हालै सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनबाट निर्माण भएको संविधानसभाबाट संविधान जारी गरी प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै लामो समयको राजनैतिक संक्रमणकालबाट राष्ट्रलाई मुक्त गर्नु,
- राज्यको पुनर्संरचनाका लागि संघीय स्वरूपको सर्वमान्य आधारहरू, अधिकारको बाँडफाड तथा संघीय प्रणालीको व्यवस्थापन गर्नु,
- द्वन्द व्यवस्थापनलाई निष्कर्षमा पु¥याई शान्ति,सुरक्षा तथा अमनचयनको प्रत्याभुति गर्नु,
- राष्ट्र निर्माण र सामाजिक आर्थिक रूपान्तरणको राष्ट्रिय लक्ष्यलाई मूर्त रूपमा उतार्नु,
- जनआन्दोलन तथा संविधानसभा सदस्य निर्वाचनका क्रममा दिइएका आश्वासन, घोषणापत्र, प्रतिवद्धता पत्रलाई कार्यरूपमा परिणत गरी आम नागरिकहरूको अपेक्षालाई मूर्तरूप प्रदान गर्नु,
- शासकीय सक्षमता कायम राख्दै सुशासन, नयाँ सार्वजनिक सेवा, उत्तरदायी शासन तथा विद्युतीय शासन जस्ता शासकीय अवधारणहरूको कार्यान्वयन र शीघ्र व्यवस्थापन गर्नु,
- बहुस्तरीय शासन प्रणालीका अवधारणात्मक पक्षहरूलाई परिवर्तित सन्दर्भ अनुसार अनुकूल बनाउनु ।
- शासकीय व्यवस्थामा आवश्यक पर्ने नीति, योजना तथा कार्यक्रमलाई कार्यान्वयनयोग्य तथा गतिशील बनाउँदै सुशासन कायम गर्न जोड दिने,
- संविधानसभाबाट जनताको Voice र Choice लाई सम्बोधन हुनेगरी जनमैत्री संविधान यथासमयमै जारी गर्ने,
- विभिन्न राजनीतिक दलहरूमा राष्ट्रिय स्वार्थका विषयमा ऐक्यवद्धता र समझदारी कायम गर्न प्रतिवद्ध हुने,
- विकेन्द्रीकरणको मूल्य र मान्यतालाई आत्मसात गर्दै एकात्मक केन्द्रीय शासन प्रणालीको अन्त्य गर्ने,
- आम नागरिक र सरकार बीचमा सुमधुर सम्बन्ध स्थापित गर्दै राष्ट्रिय स्वार्थलाई ओझेलमा पार्ने गरी अनावश्यक रूपमा उत्पन्न द्वन्दलाई सहकार्य मूलक ढङ्गबाट समाधान गर्ने,
- शासन प्रणालीको नीति तर्जुमा, कार्यान्वयन, मुल्याकंन जस्ता पक्षहरूमा देशमा विद्यमान सबै वर्ग, क्षेत्र, लिङ्गको अर्थपूर्ण सहभागिताको सुनिश्चितता गर्ने,
- शासन प्रणाली संचालन गर्ने सरकार अन्तर्गतका निकायहरूलाई समयानुकूल बनाउन सुधारका कार्यक्रमहरूलाई वढावा दिने,
- विश्वव्यापी रूपमा शासन प्रणालीका सन्दर्भमा विकसित अवधारणालाई नेपालको शासन प्रणालीसँग आवद्धता गराउने ।
लोकसेवा आयोगको राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृतका सम्पूर्ण नोटको लागि तल क्लिक गर्नुहोस् ।