MrJazsohanisharma

कर्मचारीतन्त्रको विकल्प के कस्तो हुन सक्दछ तर्कपूर्ण उत्तर दिनुहोस्

प्रश्न. कर्मचारीतन्त्रको विकल्प खोजिनुपर्दछ भन्ने अवधारणाको विकास हुनुका कारणहरू उल्लेख गर्दै, कर्मचारीतन्त्रको विकल्प के कस्तो हुन सक्दछ तर्कपूर्ण उत्तर दिनुहोस्।

उत्तर

कर्मचारीतन्त्र

राज्यका अवधारणाहरूलाई नीति तथा कार्यक्रममा ढाल्न सहयोग गर्ने र त्यस्ता नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने राज्यको स्थायी प्रशासनिक संयन्त्र नै कर्मचारीतन्त्र हो।

कर्मचारीहरू Selected Officials हुन्, जसले Elected Officials लाई सहयोग गर्ने र जनहित र कल्याणका लागि सेवा प्रवाह गर्ने भूमिका निर्वाह गर्दछ।

समय समयमा कर्मचारीतन्त्रको विकल्प खोजिनु पर्दछ भन्ने विषयमा विभिन्न धारणाहरू पनि बाहिर आउने गरेको पाइन्छ । यसका कारणहरू देहाय बमोजिम उल्लेख गर्न सकिन्छ

  •  कर्मचारीतन्त्र परम्परावादी हुनु, नयाँपनसँग Adopt हुन नसक्नु,
  •  कसले कसरी सेवा प्रवाह गरिरहेको छ भन्ने कुरा कर्मचारीतन्त्रले पारदर्शी बनाउन नसक्नु,
  •  प्रशासन संयन्त्र प्रक्रियामुखी झन्झटिलो रहनु,
  •  अधिकार प्रत्यायोजन गर्न नचाहने प्रवृत्ति बढ्नु,
  •  सेवा प्रवाह गर्ने नभई शासन गर्ने मानसिकताबाट प्रेरित,
  •  Output/Outcome लाई महत्त्व दिने परिपाटीको विकास नहुनु,
  •  सेवा प्रवाहमा IT Sector को प्रयोग गर्न नसकिनु,
  •  Selected भनिए पनि भ्रष्ट्राचार कायमै, मनोवृत्ति  र नैतिकतामा कमजोर रहनु,
  •  आदर्श प्रणाली रहेको मान्यतालाई अंगिकार गर्न नसक्नु,
  •  सरकारले सबै नयाँ Agencies हरूलाई कार्य दिनुपर्छ भन्ने मान्यताको विकास हुनु,

कर्मचारीतन्त्रको विकल्प

निजीकरण, विकेन्द्रकरण, सार्वजनिक-निजी साझेदारी, परामर्श सेवा जस्ता नयाँ अवधारणाहरू आए, तर जति नयाँ र फरक अवधारणाहरू आएतापनि कर्मचारीतन्त्र सुध्रिन सकेन जसको परिणामस्वरूप कर्मचारीतन्त्रको विकल्पको खोजी निरन्तर चलिरह्यो तर कुनै पनि आधारमा यसको विकल्प खोज्न सकिँदैन त्यसैले यसमा व्यापक व्यवस्थित सुधारको जरुरी छ। यसको विकल्प देहाय बमोजिम उल्लेख गर्न सकिन्छ:

  • संगठित स्वायत्त संस्थाको स्थापनामा जोड,
  • विभिन्न कार्यक्रमहरूलाई बढीभन्दा बढी Private Sector मा हस्तान्तरण,
  • NGO/INGO हरूसँग सहसम्वन्ध कायम गर्ने,
  • Sub national governance लाई हस्तान्तरण गर्ने,
  • कामको हस्तान्तरण र वितरण कार्यलाई प्रभावकारी बनाउने,
  • व्यवसायिकताको विकास गर्ने,
  • सरकारको सेवाको निजीकरण गर्ने,
  • NPM र NPS को सीमान्तहरूको अधिकतम प्रयोग गर्ने,
  • PPP को अवधारणालाई कार्यान्वयन गर्ने,
  • फराकिलो पदसोपानको व्यवस्था, स्थानीय स्वायत्त सरकार र विकेन्द्रीकरण र बजारको विविधिकरणमा जोड दिनुपर्दछ।

उपसंहार

कर्मचारीतन्त्र स्थायी सरकार हो, कर्मचारीतन्त्रलाई पूर्णरुपमा विस्थापन नै गर्न सकिने अवस्था भने छैन। त्यसैले यसको क्रमिक सुधार गरी कर्मचारीतन्त्रमा पारदर्शिता, उत्तरदायित्व, व्यवसायिकता र जवाफदेहिता अभिवृद्धि गरी सुशासन कायम गर्न सक्नु नै उत्तम विकल्प हुन्छ।

Chakrapani Bhandari

Hi, I’m Chakra, from Lumbini (Born place of Lord Buddha) Nepal. I am an administrative professional (Officer) in Nepal with having "we can" attitude. If you have any queries relevant to the topic, drop a comment below.

Post a Comment

Previous Post Next Post